Logo

प्रमुख समाचार

बहुमत ल्याएर केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउँछौं : विशाल भट्टाराई



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले संघीय चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

केपी शर्मा ओलीको पार्टी अध्यक्षको रुपमा यो नै अन्तिम कार्यकाल भएको र एघारौं महाधिवेशनपछि नेकपा एमाले पार्टीको नेतृत्व नयाँ युवा पुस्ताहरु आउँने उनले बताए ।

ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा पत्रकार प्रकाश गिरीसँगको कुराकानीमा उनले भने– ‘उहाँ बन्नु हुन्, उहाँँ बन्न ईच्छुक हुनुहुन्न । अब ढुक्कको साथ म भन्न सक्छु । अब त्यो बन्नुपर्छ भन्ने पक्षमा हामी नै हुदैनौ । उहाँलाई हामीले नेता मानेका छौं । सधै भरी मानेका छौं । उहाँ बस्नु नि हुन्न । उहाँको इच्छाले राखेको हो । हामीले ७० वर्ष उहाँँको अन्तिम कार्यकाल हो र यो चुवानपछि बहुमतको सरकार बनाएर हामी प्रधानमन्त्री बनाउछौं ।

उहाँले मज्जाले काम गर्नु हुन्छ । देश बनाउने उहाँलाई धेरै हुट–हुटि छ । दुष्टिकोण छ, भिजन छ र काम गर्ने इच्छा शक्ति छ । त्यसकारणले गर्दा त्यो ठाउँमा उहाँलाई हामी पु¥याउछौं । पार्टी नेतृत्वको हकमा नँया पुस्तामा जान्छ नेकपा एमाले । आगमी एघारौं राष्ट्रिय माधिवेशनबाट हामी जसरी ७० वर्ष अहिले लागु भा छ, त्यसलाई लागु गछौं र युवा पुस्तामा नेतृत्व हुन्छ ।

कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउन नसक्ने उनले ‘वामदेव गौतम’ खोलेको पार्टी ‘बिजनेस’ गर्नको लागि खोलिएको र उनले गर्दा नै कम्युनिष्ट पार्टी फुटेको दाबी गरेका छन् ।

नेकपा एमालेले ७४ सालको चुनावपछि धोका पाएकोले यो व्यवस्थामा कुनै दलसँग चुनावमा तालमेत नगरी आफ्नै खुट्टामा उभिएर कसैको बैशाखी नटेकी चुनावमा एक्लै जाने र बहुमत ल्याएर नेपालको राष्ट्रिय राजनीतिमा बलियो पार्टीको रुपमा स्थापीत हुने बताए ।

प्रचण्डले पार्टी भित्र भएका सबैलाई दास बनाएर दुःख दिने भएकोले गर्दा उनीसँग कोही मान्छे पनि टिक्न नसक्ने र प्रचण्डले एमालेमा बिउ रोपेको छु भन्नु एमाले पार्टी भित्र खेल्न खोजेको र विवाद मच्चाएको छु भन्न खोजेको तर आफुहरुले बिरुवा नै उखेलेर ल्याएको र एकजना पनि आफ्नो कार्यकर्ताहरु माओवादीमा नभएको उनले बताए ।

प्रचण्डको उदेश्य भनेको नेपालको बलियो वाम पन्थीलाई कमजोर पारेर समाप्त गर्ने भएको र सत्ताको लागि नेपाली कांग्रेसको बैशाखी टेकेर हिडेको बताएका छन् ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।