Logo

राजनीति

रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य को को हुन् ? (सूचीसहित)



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

रविको पार्टी निर्वाचन आयोगमा शुक्रबार दर्ता भएको छ । दर्ता पश्चात सो दललाई दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जानकारी दिएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।

ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी परेको थियो ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ८ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।