Logo

खेलकुद

नेपालले आज महिला साफ आयोजनाको प्रस्ताव गर्दै



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा आज नेपालले महिला साफ आयोजनाको प्रस्ताव गर्ने भएको छ । साफको कंग्रेस शनिबार बंगलादेशको ढाकामा बस्दै छ ।

नेपालले आज आगामी भदौमा काठमाडौँमा महिला साफ आयोजना गर्ने प्रस्ताव राख्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले उक्त प्रस्ताव पेश गर्ने छन् ।

एन्फाले साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना गर्ने प्रस्ताव गरिने जनाएको छ । साफमा नेपालले राखेको प्रस्ताव अनुमोदन भएमा महिला सफल नेपालमा आयोजना हुने छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ११:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।