Logo

खेलकुद

इंग्ल्यान्डविरुद्ध भारतको सानदार ब्याटिङ, जडेजा र पन्त चम्किँदा ४१६ रनको लक्ष्य



काठमाडौं । भारत र इंग्ल्यान्डबीचको एजब्यास्टन टेस्टको आज दोस्रो दिन हो । भारतले पहिलो इनिङ्समा शानदार ब्याटिङ गर्दै ४१६ रन बनायो । भारतका लागि पन्तले सर्वाधिक १४६ रन बनाए भने रविन्द्र जडेजाले १०४ रन बनाए । कप्तान जसप्रित बुमराहले १६ बलमा ३१ रन बनाएर अविजित रहे । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले सर्वाधिक ५ विकेट लिए ।

पहिलो दिनको खेलमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आकर्षणको केन्द्र बनेका थिए । एकदिवसीय शैलीमा ब्याटिङ गर्दै पन्तले १११ बलमा १४६ रनको सानदार इनिङ खेले । पन्तले आफ्नो पारीमा २० चौका र चार छक्का प्रहार गरे । रविन्द्र जडेजाले पनि उत्कृष्ट प्रदर्शन गर्दै १०४ रन बनाए । दुवैले छैटौं विकेटका लागि २२२ रनको साझेदारी गर्दै इङ्ल्यान्डलाई कठिन मोडमा पुर्‍याए।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा सिरिजका लागि टिम घोषणा गरेको भएपनि कोभिड संक्रमणका कारण रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट गुमाएका छन् । भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्दै छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १७:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।