Logo

खेलकुद

महिला साफ आयोजना गर्न नेपालले पायो स्वीकृत, भदौ १३ देखि २५ सम्म हुने



काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण कांग्रेसले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

एन्फा महासचिव किरण राई नेतृत्वको टोलीले महिला साफ नेपालमा आयोजना गर्ने भनेर गरेको प्रस्ताव कांग्रेसबाट स्वीकृत भएको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १८:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।