Logo

खेलकुद

एडीको ह्याट्रिकमा आर्सनलको सानदार जित



एजेन्सी । एडी एनकेटियाको ह्याट्रिक सहयोगमा लन्डन क्लब आर्सनलले प्रि–सिजनको अभ्यास खेलमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले इंग्ल्यान्डको तेस्रो डिभिजनको लिग वान क्लब इप्सविच टाउनमाथि ५–१ को सानदार जित निकालेको हो ।आर्सनलको जितमा एडीले ह्याट्रिक पुरा गर्दा साम्वी लोकांगा र फोलारिन बालोगुनले गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए ।

आर्सनलका दिग्गज थिएरी हेनरीको पुरानो नम्वर १४ को जर्सी लगाएको पहिलो खेलमा नै एनकेटियाले ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भएका हुन् । दुई साताअघि मात्रै क्लमा लामो सम्झौता गरेका एडी एनकेटियाले खेलको ३० सेकेन्डमै गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

प्रशिक्षक मिकेल अर्टेटाले बन्र्ड लेनो, हेक्टर बलिएन, बेन ह्वाइट, थोमस पार्टी र निकोलस पेपेले पहिलो रोजाईमै खेलाएका थिए । दोस्रो हाफमा पुरै युवा टोलीलाई मैदानमा उतारेको थियो । युवा प्रतिभा फोलारिन बालोगुनले पनि दोस्रो हाफमा मौका पाएको थियो । २० वर्षीय इंग्लिस युवा स्टारले आर्सनलका लागि पाँचौ गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए ।

अब आर्सनल प्रि–सिजन भ्रमणमा सोमबार जर्मनी प्रस्थान गर्दैछ । आर्सनलले जुलाई ८ मा नर्नवर्गसँग खेल्नेछ । म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेससले त्यतिबेलासम्म ४५ मिलियन पाउन्डमा आफ्नो सम्झौता पुरा गरिसक्नेछ ।

त्यसपछि आर्सनल अमेरिका भ्रमणमा निस्कनेछ । आर्सनलले अमेरिकामा तीन खेल खेल्ने तालिका छ । अगस्ट ५ मा क्रिस्टल प्यालेसँग खेल्दै आर्सनलले नयाँ सिजनको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार ०९:१०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।