परराष्ट्रमन्त्रालयको सचिवमा भरतराज पौड्याल बढुवा भएका छन् । विहिवार बसेको मन्त्रिपरिषदको वैठकले एक नम्बर वरियतामा रहेका सहसचिव पौड्यालको सचिवमा बढुवा गरेको हो । परराष्ट्रमन्त्रालयका प्रवक्ता समेत रहेका पौड्याल यसअघि पाकिस्तानको राजदूत समेत बनेका थिए ।
परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीको मुख्यसचिवमा नियुक्त भएसंगै सचिवको पद रिक्त थियो । वैरागीको नियुक्ती भएसंगै मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौड्याललाई दिइएको थियो । पौड्यालले आजै मन्त्रालयमा पदको बहाली गर्ने कार्यक्रम छ ।




















प्रतिक्रिया