Logo

प्रमुख समाचार

विप्लवले किन गरे गगन थापालाई मुग्लिन कटाउने टिप्पणी ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले एमसीसीको विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कटाक्ष गरेका छन् । १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइदिए हुन्छ भनेका सन्दर्भ कोट्याउँदै विप्लवले गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका हुन् ।

‘गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो,’ बुधबार राजधानीमा आयोजित पार्टी ध्रुविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’ अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उनलाई (गगन थापा) थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो रु यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’ विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  ६ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।