Logo

खेलकुद

महिला युरो: इंग्ल्यान्डको विजयी सुरुवात



काठमाडौं । बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । 

इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसंगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ ।

जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा बिभाजन गरिएको छ । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ०७:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।