Logo

अर्थ

मेरो सेयर एप अब आईओएसमा पनि  



काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ । सिडिएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको छ ।

यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । त्यसलाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १३:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।