Logo

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ



ईटहरी उपमहानगरपालिका-१० स्थित पानी फ्याक्ट्री काम गर्ने पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका-१० बस्ने २० वर्षीय प्रधुमन चौधरी, सोही ठाउँ बस्ने २० वर्षीय रामजी चौधरी, २० वर्षीय प्रज्वल राई र २० वर्षीय दिनेश सरदार रहेका छन् ।

फ्याक्ट्रीबाट साइकलमा घरतर्फ जाँदै गरेका ती पुरुषलाई उनीहरुले कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई  पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार म्याद थप अनुमति लिई  आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार