Logo

प्रमुख समाचार

२२ वर्षको उमेरमा शाखा अधिकृत बनेकी रजनी



रजनीले जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरिन्, त्यसैदिन उनले निर्णय गरिन्, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु भन्ने विषयमा ।
सानैदेखि उलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला उनलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले उनलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा उलाई कहिल्यै बोझको आभास भएन ।

परिवारमा निजामती सेवाको माहोल भएर होला उनलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति उनी सधैँ उत्साहित थिइन् । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध उनले गरेकी थिइन् ।

पत्रकारिताको अध्ययन सहयोगी बनेको थियो
उनी बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थिन् । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने उनलाई लाग्थ्यो ।

पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले उनलाई धेरै सहयोग गर्यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ । यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।

२२ वर्षमा नाम निकालिन्
उनले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिइन् । त्यसको एक वर्षपछि नाम निकालिन् । धेरैले कम उमेरमै नाम निकालेको भन्थे ।

तर, उनलाई लाग्थ्यो, उमेर भनेको अंक न हो  १ आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ । सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ, उनलाई ।
विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । उनको अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ । त्यसको आधारमा ठोस तथ्यांक समावेश गर्दा मौलिक पनि हुने र तथ्यमा आधारित उत्तर पनि हुने हुन्छ ।

आफैँ शिक्षक, विद्यार्थी पनि आफू

कुनै पनि विषयभित्र प्रवेश गर्नुपूर्व त्यस विषयप्रति आफूले बुझेको, जानेको, विषयको चित्रण गर्थिन् । आफैँ शिक्षक र विद्यार्थी पनि आफैँ भएर आफैँमा अभ्यास गर्थिन् ।

कुनै पनि विषयमा आफ्नो मौलिक धारणा हुन आवश्यक हुन्छ । आफ्नो एक किसिमको बुझाइ भएपछि मात्र म त्यस विषयबारे गहन अध्यन गर्थिन् ।

पुस्तकमा मात्र कहिल्यै सीमित भइनन्

उनले जति पेपरको परीक्षा दिनुपर्ने थियो, हरेक पेपरका लागि एउटा मात्र ‘रिफरेन्स’ किताब पढिन् धेरै पढ्ने तर थोरै बुझ्ने भन्दा पनि थोरै पढ्ने धेरै बुझ्नुपर्छ भन्ने उनको धारणा र बुझाइ छ ।

हरेक दिन पत्रपत्रिकाको सम्पादकीय तथा विज्ञका लेखहरू पढेर टिपोट गर्थिन् । इन्टरनेटलाई उपयोग गरिन् । उनले लोकसेवा तयारी गर्दा ५० प्रतिशत जानकारी र अध्ययन किताब र बाँकी ५० प्रतिशत इन्टरनेटबाट गरिन् । अर्थात् किताब र इन्टरनेटबाट बराबर अध्ययन गरिन् ।

गीत र कवितामा सूत्र

सामान्यज्ञान आफैँमा बृहत् हुन्छ । सयौं मिति, स्थान, भूगोल, इतिहास इत्यादि सम्झनु त्यति सहज छैन । उनले हरेक शीर्षकको एउटा गीत वा कविता बनाउथिन् र त्यही गीत र कवितामा मिति, स्थान, इतिहास, भूगोल आदि समावेश गर्थिन् ।

परीक्षाभन्दा अघि अध्ययनको पुनरावलोकनका लागि त्यस्तो सिर्जनात्मकताले सहयोग गथ्र्यो ।

समय थोरै हुँदा समय व्यवस्थापनबारे सिकिन्

तयारी कक्षा सुरु हुनुभन्दा ३–४ महिनाअघि नै उनले लोकसेवाको फाराम भरेकी थिइन् । उनी मानसिक रूपले तयार थिइन्, उनले समय व्यवस्थापन गर्न सकिनन् भने उनलाई ‘कोर्स कभरेज’ पनि गाह्रो हुन्थ्यो र त्यसले उनलाई समय व्यवस्थापनको तनाव हुन्थ्यो । प्रत्येक दिन समयतालिका बनाएर पढिन् । लेखेर बढी अभ्यास गरिन् ।

चातुर्आयामिक सूत्रको उपयोग

अधिकृतस्तरमा कुनै पनि विषयमा सतही ज्ञानभन्दा पनि केही विश्लेष्णात्मक सीप चाहिन्छ । तसर्थ प्रत्येक शीर्षकलाई चार आयामबाट बुझ्नुपर्ने हुन्छ । यो मूल मन्त्र उनले लोकसेवाका विज्ञहरूबाट सुन्,ि र उपयोग गरिन् । यो उनको लागि निकै उपयोगी बन्यो ।

प्रभावकारी तयारी
लोकसेवा परीक्षा दिने क्रममा एउटा घटना घट्यो । यो उनलाई पछि एउटा पाठ पनि बन्यो । प्रथम पत्रमा परीक्षाको समय सीमित गरिएको हुन्छ ।

परीक्षा हलभित्र समयमा प्रवेश गरेर त्यहाँको माहोल बुझेर तनावरहित भएर परीक्षा दिनुपर्ने हुन्छ । तर, परीक्षा सुरु भएको १० मिनेटपछि परीक्षाहल पुगिन् ।

परीक्षा राम्रै भयो, तर, अझै समयमा पुग्न पाएको भए तनावरहित भएर लेख्न सकिन्थ्यो भने लागेको थियो । यो घटना उनको लागि जीवनोपयोगी सिकाइ भयो ।

लोकसेवा आयोग तयारी ‘स्मार्ट’ र प्रभावकारी हुनुपर्छ । कति समय दिनेभन्दा पनि समयलाई कसरी उपयोग गर्ने भन्ने हो ।

परीक्षा हलमा बस्दा आफूसँग भएको ज्ञानलाई निर्धारित समयमा उतार्ने गरी तयारी गर्नुपर्छ । परीक्षा उत्तीर्ण गर्ने विश्वव्यापी कुनै सूत्र छैन ।

सबैको आफ्नो शैली हुन्छ, तर जसरी तयारी गरे पनि मौलिक, तथ्यमा आधारित र अवधारणामा स्पष्ट हुनुपर्छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार ०६:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।