Logo

प्रमुख समाचार

अनेसासको केन्द्रीय अध्यक्षमा पूजा र वरिष्ठ उपाध्यक्षमा वाग्ले निर्वाचित



काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा  निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् ।

यही असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मत लिएर जित हासिल गरेका हुन् भने वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएर जित हासिल गरे ।

यसैगरी समाजको क्षेत्रीय उपाध्यक्ष (एसिया) मा डा. रेणु सोलु ५८७ मतका साथ विजयी भएकी छन् । महासचिवमा विमला निरौलाले ४६० मत ल्याएर जित हासिल गरेकी छन् ।

क्षेत्रीय उपाध्यक्ष (अमेरिका), क्षेत्रीय उपाध्यक्ष (युरोप), क्षेत्रीय उपाध्यक्ष (ओसिआनिया), सचिव, कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।