Logo

पत्रपत्रिका

पटकपटक प्रश्नपत्र आउट



काठमाडौं । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ । लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन । 

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ । त्यसको पछिल्लो घटना असार २२ को हो । त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर’ को प्रश्नपत्र  दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो । त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार ०६:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।