Logo

खेलकुद

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । 

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको थियो । जुन खेलमा नेपालले बलिङमा औषत प्रदर्शन गरे पनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको थियो । 

प्रशिक्षक पुवुदु दासानायकेले आज पहिलो खेलकै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । आईसीसी लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ ।
 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १५:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।