Logo

मनोरञ्जन

शाहरूख खानको लुक डंकीको सेटबाट लीक !



एजेन्सी । बलिउडका अभिनेता शाहरुख खान पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको फिल्म जिरोमा देखिएका थिए । 

त्यसयता उनी कुनै फिल्ममा देखिएनन् । तर, आगामी वर्ष सन् २०२३ मा शाहरूख खानका एक साथ तीन फिल्म रिलिज हुँदैछन् । जसको फ्यानहरू उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । 

हाल शाहरूख खान लण्डनमा आफ्नो आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन् । उनको फिल्मको सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसलाई शाहरुख खानको फ्यान पेजबाट शेयर गरिएको छ । 

जसमा उनी क्याजुअल लुकमा देखिएका छन्। यस फोटोमा शाहरुख खानले चेक शर्ट र ट्राउजर लगाएका छन् र उनी दाह्रीमा देखिएका छन् । सेटमा उनको वरिपरि चालक दलका सदस्यहरू देखिन्छन् । शाहरुख खानको तस्बिर भाइरल भएपछि फ्यानहरूले उनको लुकलाई निकै मन पराइरहेका छन् र प्रशंसामा कमेन्ट पनि गरिरहेका छन् । 

बेलायत र युरोपमा फिल्म डंकीको सुटिङपछि शाहरूख खान भारत आउने र पञ्जाबमा सुटिङ गर्ने बताइएको छ ।

सन् २०२३ मा उनको तीन वटा फिल्म ब्याक टू ब्याक रिलिज हुन लागेका छन् । उनी सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ मा दीपिका पादुकोण र जोन अब्राहमसँग देखिनेछन् । उक्त फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । 

यस्तै एट्लीको फिल्म ‘जवान’ मा उनी नयनतारासँग देखिनेछन् । उक्त फिल्म जुन २ मा रिलिज हुँदैछ । 

यस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा तापसी पन्नुसँग देखिनेछन् । यो फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०८:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।