Logo

खेलकुद

रुबिना र सीताको वरीयता सुधार



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री र सीता राना मगरको आईसीसी महिला टी–ट्वान्टी वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिनाको ब्याटिङ र बलिङ वरीयता सुधार भएको छ ।

ब्याटिङ वरीयतामा रुबिना ८५ औं स्थानमा उक्लिएकी छिन् । यस्तै बलिङतर्फ ८० औं स्थानमा उक्लिएकी छिन् । पूर्व उपकप्तान सीताको ब्याटिङ वरीयता ६४ औं स्थानमा यथावत छ भने बलिङ वरीयतामा सीता ७९ औं स्थानमा उक्लिएकी छिन् ।

बलिङतर्फ नै कविता कुँवर ७३ औं स्थानमा यथावत रहेकी छिन् । ब्याटिङमा नेपालकी ज्योति पाण्डे १०० औं स्थानमा रहेकी छिन् । आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १८:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।