Logo

समाचार

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबारे राप्रपाले थाल्यो छलफल



राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय समितिको बैठकमा शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफल भएको हो ।

केन्द्रीय समिति बैठकले यी दुई विषयमा निर्णय लिने बताइएको छ । त्यसबाहेक राप्रपाको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचनाको पनि विरोध भएको छ । अहिलेको संघीय संरचनामा स्थानीय तहलाई बलियो बनाई प्रदेश हटाउनुपर्ने राप्रपाको माग छ । बैेठकमा सहभागी एक नेताका अनुसार एजेण्डाका रूपमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल अघि सार्ने गरी प्रस्ताव आएको छ ।

प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार  ८ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।