Logo

धर्म / संस्कृति

‘मल्लकालिन संस्कृति र चाडपर्व’ सार्वजनिक



भक्तपुर । डा. वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयाेजित एक  कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे । पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेस छन् ।

नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् । पुस्तक दुई सय २४ पृष्ठको छ ।

पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२) बाट विभूषित व्यक्तित्व हुन् । लेखकको यो नवौं पुस्तक हो । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार १७:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।