Logo

अचम्म

एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि



तिखो कुराले अलिकती मात्र छुँदा पनि कति पिडा हुन्छ । झन अनुहारमा नै एक मानिसले ५ सय सियो छेडेर भन्दा पक्कै पनि विश्वास गर्न गाह्रो हुन्छ तर, भारतका एक युवकले  किर्तिमान राख्न आफ्नो अनुहारमा ५ सय किला छेडेका छन् ।

भारतमा बस्दै आएका २७ वर्षिय एक युवक इण्डियन नीडल म्यानको उपनामले प्रख्यात छन् । तर, उनको खास नाम भुपेन चन्द्र दास हो ।

उनी यो नामले चिनिनुको कारण उनले आफ्नो अनुहारमा मात्रै एकैपटकमा साढे ५ सय सियो रोपेर अड्याउन सक्छन् । भारतको आसामस्थित हाजो क्षेत्रमा बस्ने भुपेनको नाम भारतको गिनिज बुक अर्थात् इण्डिया बुक अफ रेकर्डस्मा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

एबार्कोर्फ्ट टेलिभिजनसँगको कुराकानीमा आफु बुझ्ने भएदेखी नै उनले इण्डिया बुक अफ रेकर्डस्मा आफ्नो नाम लेखाउन चाहेको बताएका थिए । एजेन्सी

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।