Logo

अन्तर्राष्ट्रिय

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह



एजेन्सी/वासिङटन । अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

बुधबार उनले सो आग्रह गरेका हुन् । उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताएका छन् । राष्ट्रपति बाइडेनले भने, ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।’

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन् ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:५८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।