Logo

कर्पोरेट फोकस

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता



प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । आज काठमाडौँको होटल मेरियटमा उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकको सीइओमा अशोक सेरचन रहने स्रोतले जानकारी दिएको छ। बैंकको सिनियर डेपुटी सीइओमा सेन्चुरी बैंकका मनोज न्यौपाने रहने भएका छन् ।

मर्जरपछि बैंकको अध्यक्ष प्रभु बैंकको तर्फबाट रहने व्यवस्था गरिएको छ भने दुईजना संचालकले सेन्चुरीका तर्फबाट बैंकमा प्रतिनिधित्व गर्ने बताईएको छ । सेन्चुरी बैंकका कुनै पनि कर्मचारीको सेवा सुविधा कटौती नहुने गरि सम्झौता हुने भएको छ ।

मर्जरपछि प्रभुले सेन्चुरीलाई १:१ को  रेसियोमा प्राप्ति गर्नेछ भने मर्जरपछि बन्ने बैंकको नाम पनि प्रभु बैंक नै रहने बुझिएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ९ : १४ बजे