Logo

अर्थ

भारतबाट घटेर आयो पेट्रल र डिजेलको मूल्य



काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य पुनः घटेर आएको छ । इन्डियन ओइल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतले इन्धनको मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यको आधारमा भारतले इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १४:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।