Logo

खेलकुद

लेविनले सिजनको पहिलो खेल गुमाउने



काठमाडौं । एभर्टनका फरवार्ड डोमिनिक काल्भर्ट लेविनले प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

चोटको कारण उनले सिजनको पहिलो खेल गुमाउने भएका हुन् । अभ्यास दौरान उनलाई ‘फ्रिक’ इन्जुरी भएको बताईएको छ ।

एभर्टनले सिजनको पहिलो खेलमा शनिबार चेल्सीसँग खेल्नेछ । २५ वर्षीय फरवार्ड चोटकै कारण गत सिजन ४ महिना बाहिर रहेका थिए ।

इंग्ल्यान्डका फरवार्डले गत सिजन १८ खेलमा ५ गोल गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०७:२७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।