काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार ३९ अंकको गिरावट आएको छ । बिहीवारको कारोबारमा बजार परिसूचक ३८.६१ अंकले गिरावट देखिएको हो । मंगलवारदेखि ओरालो लागेको बजार परिसूचक बिहीवार पनि निरन्तर घट्यो ।
बिहीवार ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ८.२५ अंकले झरेर ४१२.२५ ओर्लिएको छ। बजार परिसूचक ३९ अंक ओरालो लाग्दा समग्र बजार परिसूचक २१४८.१६ मा झरेको छ ।
बजार ३९ अंक घट्दा कारोबार रकममा पनि कमी आएको छ । बिहीवार ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बुधवार कारोबार रकम ४ अर्ब २ करोड रहेको थियो ।
८५ लाख ६९ हजार ५ कित्ता सेयर ५६ हजार ८ सय १९ पटकमा खरिद बिक्री भएको छ । घट्दो बजारमा बिहीवार कारोबार भएका १९ कम्पनीको सेयर उकालो लागेको छ भने १६१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।





















प्रतिक्रिया