Logo

अचम्म

महिलाले पतिसँग सधै किन लुकाउने गर्छन यी ६ वटा कुराहरु ?



भनिन्छ, विवाह पछि वा सम्बन्धमा रहँदा कुनै कुरा लुकाउनु हुँदैन तर महिला वा पुरुष दुवैले केही विषय भने आफ्ना साथीसँग सेयर गरेका हुँदैनन् । जतिसुकै खुला वा मिल्ने भएपनि केही कुराहरू राज कै रूपमा राखिएको हुन्छ । भर्खरैको एक अनुसन्धानले महिलाहरूले आफ्ना पति वा ब्वाईफ्रेण्डसँग सेयर नगर्ने केही कुराका विषयमा उजागर गरेको छ । महिलाहरूले लुकाउने कुरामध्ये केहीले आश्चर्यमा समेत पार्न सक्छ ।

भारतको टाइम्स अफ इण्डियामा छापिएको रिपोर्टमा महिलाले पतिलाई अति नै इज्जत र प्रेम गरेपनि पुरानो प्रेम सम्बन्ध भएकाहरूले पतिको तुलना एक्स ब्वाईफ्रेण्डसँग गर्ने गरेको पाइन्छ । तर यो विषयमा भने पतिलाई कहिल्यै सेयर नगर्ने सो रिपोर्टमा उल्लेख छ । आमरुपमा महिलाहरूले पतिलाई आफ्ना पुराना कुराहरू नसुनाउने र लुकाएरै राख्ने गरेका पाइएको छ । कतिपय पुरुषहरूले अतितका विषयमा जान्न खोज्दा महिलाहरूले कुनै न कुनै उपाय लगाएर कुरा मोड्ने वा टार्ने गरेको अध्ययनका क्रममा सहभागीहरूले बताएका थिए ।

यस्तै भारतीय महिलाहरूले सासूसँग भएको विवाद पनि पतिसँग लुकाउने गरेको पाइएको छ । उनीहरूले पतिले आफ्नो आमाको पक्षमा लागेर सम्बन्ध नै बिग्रिने हो भन्ने चिन्ताले यो कुरा लुकाउने बताएका थिए । यस्तै माइतपट्टिको बराबरी माया दिन नसक्ने भएपनि महिलाहरूले घरपट्टीकालाई देखाउनकै लागि मात्रै माया गर्ने गरेको पाइएको छ । महिलाहरूले पनि घरमा माइतमा जस्तो माया नपाएको अनुभव गर्ने गरेका छन् । यस्तै भारतीय महिलाहरूले फिजिकल रिलेसनसिपका विषयमा पनि कुरा लुकाउने गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १४:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।