Logo

समाचार

सरकारी जग्गामा सम्झौता विपरीत बनाएका संरचना भत्काउन नर्भिक अस्पतालाई बालेन साहको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचना हटाउन निर्देशन दिएका छन् ।

नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन सूचना जारी गरेका छन् । नहटाए नियम अनुसार कारबाही गर्ने चेतावनी सूचनामार्फत दिइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १५:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।