Logo

अर्थ

शेयर बजार राताम्य, नेप्से १८ अंकले घट्दा कारोबार रकममा भने वृद्धि



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार घटेर बन्द भएको छ । सोमवार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ अंकमा बन्द भएको छ । सोमवार उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक राताम्य भए अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३९ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ ।

सोमवार बजारमा कुल १८१ कम्पनीको शेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये गुँरास लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै युनिलिभर नेपालको सेयरमूल्य पनि ५.५९ प्रतिशतले बढेर १९००० पुगेको छ ।

नेप्सेमा गिरावट आएपनि करोबार रकम भने आइतवारको तुलनामा बढेको छ । आइतवार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमवार ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १६:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।