Logo

समाचार

‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुँदै, भदौ १५ सम्म लेख-रचना पठाउन सकिने



काठमाडौँ । जनम थुलुङ स्मृति प्रतिष्ठानले ‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानका अनुसार दिवंगत गायक जनमसँग सम्बन्धित लेख, रचना एवम् सामाग्रीहरू समेटेर स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको हो ।

त्यसका लागि अहिले लेख रचना सङ्कलनको काम भइरहेको प्रतिष्ठानका अध्यक्ष एवम् जनमका दाजु खुक्सङ खम्बु राईले जानकारी दिए । गायक जनमले नेपाली सांगीतिक क्षेत्रसँगै खासगरी थुलुङ समुदायमा पुर्‍याएको योगदानलाई सङ्ग्रहित गर्दै भावी पुस्तालाई सु–स्पष्टरूपमा बुझाउन र देखाउनलाई स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

‘गायक जनमसँगको सम्बन्ध, अविस्मरणीय पल, किराति समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्बिर एवम् प्रकाशनयोग्य अन्य सामाग्री पठाउन अनुरोध गरिन्छ’, प्रतिष्ठानद्वारा जारी सूचनामा भनिएको छ । सामाग्रीहरू भाद्र १५ गतेसम्म प्रतिष्ठानलाई पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १४:४२   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।