Logo

समाचार

सोलुखुम्बुको सुकेपोखरीमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण हुने



काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ सुकेपोखरीमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । थुलुङ दुधकोशी वडा नं. ४, ५ र ९ का नागरिकहलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष असीम राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार करिब यस अस्पताल करिब १९ करोडको लागतमा बन्न लागेको हो । केहीदिन अघि मात्र सुकेपोखरीबाटै लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेका पालिकाले वडा नं. ४, ५ र ९ का नागरिकहरुलाई एक पछि अर्को खुसीको खबर सुनाएको हो ।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले केन्द्रमा निर्माण गरेको ५० शैय्याको थुलुङ दुधकोशी सामुदायिक अस्पताल पनि आगामी असोज ५ गतेबाट विधिवत सञ्चालनमा आउँदै छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  १ : ०७ बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।