Logo

पत्रपत्रिका

डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स



काठमाडौं । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो । दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए ।

सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन ।

मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गयो । पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ । प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ । नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए ।

‘प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुनकुन पार्टपुर्जामा खराबी आएको हो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार  ७ : २२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।