Logo

समाचार

सुरक्षाकर्मी परिचालन गरेर आज पनि बञ्चरेडाँडामा फोहोर लगिँदै



काठमाडौं । सुरक्षाकर्मी परिचालन गरेर आज (बुधवार) पनि काठमाडौं उपत्यकाको फोहोर ल्यान्डफिल साइट बञ्चरेडाँडामा लगिँदै छ । स्थानीयहरु जम्मा भएर अवरोध गर्न लागेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जनका लागि लान लागिएको हो ।

प्रहरी प्रशासनकै सहयोगमा मंगलवार पनि १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । फोहोर बोकेर गएका १ सय सवारी साधन आज मुड्खुबाट अगाडि बढिसकेका नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।

सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै बञ्चरेडाँडावासीले सडकमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधकै कारण हप्तौंसम्म फोहोर नउठ्दा दुर्गन्धले काठमाडौंका सडक तथा पेटिमा हिँडडुल गर्नसमेत नसकिने अवस्था छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ११:३३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।