खेलको महाकुम्भ ओलम्पिक गेम्समा संसारका सर्वश्रेष्ठ खेलाडीहरु पुग्छन् । ती खेलाडीको फिटनेस पनि सर्वश्रेष्ठ नै हुन्छ । आफ्नो लुक्स र फिटनेसको क्रममा धेरै खेलाडिहरु त्यस्ता पनि हुन्छन्, जो खेलको संसारको साथै ग्ल्यामरको संसारमा पनि चर्चित हुन्छन् ।
यहाँ हामी ओलम्पिकमा भाग लिने त्यस्ता छ जना महिला खेलाडीहरुको बारेमा बारेमा चर्चा गर्दैछौं, जसले प्लेब्वाई पत्रिकाका लागि गरिएको फोटोशूटबाट अत्यधिक चर्चा पाएका थिए ।
अमेरिकाकी लोकप्रिय खेलाडी एमान्डा बीयर्डले आफ्नो करियरमा चार पटक ओलम्पिक खेलमा सहभागिता जनाइएकी छिन् । उनले सातौं पटक ओलम्पिकमा पदक पनि जित्न सफल भइन्, जसमा चार वटा गोल्ड मेडल रहेका छन् ।
उनले पहिलो पटक एटलान्टा ओलम्पिक १९९६ मा आफ्नो ओलम्पिक करियरको शुरुवात गरेकी थिइन् र लण्डन ओलम्पिक २०१२ एउटा खेलाडिको रुपमा उनको अन्तिम ओलम्पिक थियो ।
यद्यपि, उनले सन् २००८ को बेइजीङ ओलम्पिकभन्दा पहिला प्ले ब्वाई म्यागेजीनका लागि न्यूड पोज दिएकी थिइन् ।
मानिसहरुलाई एउटी खेलाडीको शरीर कस्तो हुन्छ भन्ने देखाउन र स्वयं असुरक्षाबाट बाहिर आउन चाहेकाले त्यस्तो फोटोशुट गरेको एमान्डा बताउँछिन् ।
‘उक्त फोटोशूटले ममाथि धेरै आत्मविश्वास बढाएको थियो, उनले भनेकी छिन् ।
पोल्याण्डकी लुइजा ह्रिनिविक्जले एउटा ओलम्पिकमा भाग लिएकी थिइन्, तर उनले चाँडै नै आफ्नो करियर स्वीमिङबाट मोडलिङमा बनाउने निर्णय गरेकी थिइन् । लुईजाले सन् २०११ मा प्लेब्वाईका लागि न्यूड फोटोसेसन गराएकी थिइन् । उनले स्वीमिङका कारण आफ्नो शारीरिक बनावट आकर्षक भएकाले आफूलाई मोडलिङ तथा फोटोसेसनमा सहयोग मिलेको धारणा व्यक्त गरेकी थिइन् ।
जर्मनीकी एथलेट बिट गसले केवल एक ओलम्पिक खेलमा भाग लिएकी थिइन् । सन् २०१२ मा सम्पन्न लण्डन ओलम्पिक खेलमा उनी महिला १० मिटर एयर राइफ इभेन्टमा ३२ औं स्थानमा आएकी थिइन् ।
गसको प्रदर्शन औषत रहे पनि उनले उक्त खेलपछि लञ्च भएको प्लेब्वाई म्यागेजिनमा न्यूड फोटोसूटको माध्यमबाट निकै चर्चा हासिल गरेकी थिइन् । अमेरिकाकी एमी एक्फ ट्रयाक एण्ड फिल्ड एथ्लेट हुन् ।
उनले सन् १९९६ देखि लिएर सन् २००४ सम्म तीन ओलम्पिक खेलमा भाग लिएकी थिइन्, तर उनले कुनै पनि पदक जित्न सफल भइनन् र सन् २००४ मा एथेन्स ओलम्पिकमा चौथो स्थानमा रहन सफल भइन् ।
एमीले सन् २००४ मा नै प्लेब्वाई म्यागेजिनमा फीचर हुने निर्णय गरेकी थिइन्, त्यसपछि उनका लागि मोडलिङको ढोका खुलेको थियो । जर्मनीकी जूडो खेलाडी रोमी टेरेन्गुलले बेइजीङ ओलम्पिक्सबाहेक सन् २०१२ को लण्डन ओलम्पिकमा पनि भाग लिएकी थिइन् ।
उनी क्वार्टर फाइनलमा इटालीकै रोसाल्बासंग हारेकी थिइन् । रोसाल्बाले त्यसपछि कास्य पदक जितेकी थिइन् । सन् २००८ मा उनले जर्मनीको प्लेब्वाई अंकमा न्यूड फोटोशूट गराएकी थिइन् ।
जर्मनीकै स्प्रिन्टर निकोल रेनहार्डले रोमीसंग सन् २००८ को बेइजीङ ओलम्पिक्सपछि प्लेब्वाइ म्यागेजिनका लागि न्यूड फोटोशूट गरेकी थिइन् । निकोलले बेइजीङमा भएको २००८ ओलम्पिक्सको क्रममा पाँच सय मीटर इभेन्टमा गोल्ड मेडल पनि जितेकी थिइन् ।एजेन्सी
प्रतिक्रिया