काठमाडौं । महिलाहरुको लागि अत्यवश्यक पर्ने सेनेटरी प्याड अब राजधानीमै उत्पादन गर्न थालिएको छ । काठमाडौं सहयोगी सेनेटरि प्याड उधोगको स्थापना गरि रोयल विङसू नामक प्याड उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो ।
सेनेटरी प्याड उत्पादन तथा वितरणको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले गरे । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य खापुङले स्वास्थ्य मन्त्रालय मार्फत गरिने सहयोग गर्न संधै आफू तत्पर रहेको बताए । तर मुलुक माफियातन्त्र र भ्रष्टाचारको दलदलमा फसेको भन्दै सेनेटरि प्याड जस्तो संवेदनशील वस्तुलाई स्वदेशमा नै अनुदान दिएर उधोगहरु स्थापना गर्नुपर्ने समयमा बाहिरबाट आयात गर्न ९० प्रतिशत सम्म छुट दिएकोमा उनले दुःख व्यक्त गरे ।
यस्तै कार्यक्रमका सभापति तथा सहयोगी सेनेटरि प्याड उधोगका सञ्चालक गोमा खनालले पछिल्लो समय जनचेतना अभिवृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको बताइन् ।




















प्रतिक्रिया