काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको मेडिसिटी अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीले गिरीका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।
प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए । फर्किनासाथ निमोनिया देखिएपछि उनलाई उपचारका लागि गत साउन दोस्रो साता नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।




















प्रतिक्रिया