Logo

समाचार

ड्युटीमा रहेका डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग



काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो भने उनी गम्भीर घाइते भएका थिए ।

महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् । ‘हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गरी आगामी दिनमा यस प्रकारका घटनाहरू नघट्ने वातावरणको सुनिश्चितता प्रदान गर्न सङ्घले सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।