काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी मनोनयन गर्नुभन्दा पहिले पदमा नरहेको सुनिश्चित हुनु पर्नेछ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार असोज २ गते मनोनयन हुने भएकाले त्यसको अघिल्लो दिन उम्मेदवारले पदमा नरहेको सुनिश्चितता गर्नु पर्नेछ ।
काठमाडौंमा आज (आइतबार) पत्रकारहरुसँगको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले भोलिदेखि निवार्चन आचारसंहितामा छलफल हुने पनि जानकारी दिए । कहिले देखि र कस्तो आचारसंहिता लागू गर्ने भन्ने विषयमा छलफल भएर निर्णय हुने पनि उनले बताए । सञ्चारमाध्यमले नै आचारसंहिता उल्लंघन गरेको देखिएकाले यसमा सचेत हुन उनले आग्रह पनि गरे ।
‘नियमित आवश्यकताले निर्वाचन मिति तोकिएको बताउँदै प्रमुख आयुक्त थपालियाले तयारीका लागि पर्याप्त समय भने नपाएको बताए । तर अर्जुन दृष्टि लाएर काम गरिरहेका उनको भनाइ छ । थपलियाले निर्वाचनका लागि सरकारबाट सुरक्षा प्रत्याभुति खोजेको बताए । उनले अबको निर्वाचनमा कहिँपनि दोहोरिएर मतदान नहुने गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनले जहाँ त्यस्ता घटना हुन्छ, त्यहीँ कारबाही हुने बताएका छन् ।




















प्रतिक्रिया