काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले दुई विधेयक प्रमाणिकरण गरेकी छिन् । द्वारा
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई भण्डारीले नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यका अनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणिकरण भएका छन् ।





















प्रतिक्रिया