चितवन : बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन् ।
प्रदेश ३–०–०१क०३१२ नं को कार, ना ८ ख ४२५९ नं को बस, ना ५ ख २२६३ नं को ट्रक, ना ५ ख १४३१ नं को बस, ना ४ ख ८३२५ नं को ट्रक, प्रदेश२–०–३–००१ख००९८ नं को बसमा ढुङ्गाले हानेर सिसा फोडेका छन्। प्रहरीका अनुसार सामान्य क्षति भएको छ ।
सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। तोडफोडमा संलग्न रहेको आशंकामा ५ जना बन्दकर्ता र ४ थान मोटरसाइकल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अपिधकारीले बताए। भरतपुर महानगरपालिका वडा नम्बर २३ का अमित घिसिङ , ९ का राजनबाबु सिंह , ७ का सुरज शर्मा र सुदिप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।
भरतपुरमा बन्दको प्रभाव खासै परेको छैन । सवारी साधन निर्वाध रुपमा चलेका छन् । मानिसहरु त्रसित भएर बिहान कम सवारी चले पनि अहिले सवारी साधन गुड्न थालेका छन् । चितवनका मुख्य बजार खुलेका छन् ।




















प्रतिक्रिया