अमेरिकाको ओहाइयो राज्यको एउटा पुस्तकालयमा पचास वर्षअघि चोरी भएको एउटा पुस्तक फिर्ता भएको छ ।
सन्सिन्नाटी सार्वजनिक पुस्तकालयले एडगर राइस बुर्रोगद्वारा लिखित ‘टार्जन एन्ड दि टार्जन ट्विन्स’ नामक सो पुस्तक हुलाक मार्फत फर्काइएको हो । लामो समयसम्म पुस्तक नफर्काइएकोबारे लेखिएको वेलीविस्तार सहितका पत्र पनि सँगै पठाइएको जनाएको छ ।
पत्रको व्यहोरा यस्तो छ , “यो जसलाई प्राप्त हुन्छ उनलाई म यो पुस्तक फर्काइरहेको छु, जुन जाँच गरिएको थिएन, तर यो सिन्सिन्नाटी सार्वजनिक पुस्तकालय ९डाउनटाउन मुख्य शाखा०बाट करिब १९७२ – १९७३ तिर लिइएको थियो । त्यतिवेला म जवान किशोर थिए । जे होस्, मलाई विश्वास छ, तपार्इंले यसलाई सही हालतमा पाउनु हुनेछ ।”
सो पुस्तकालयको सन्दर्भ पुस्तक कक्षका लाइब्रेरियन ब्रियान पावर्सले पुस्तक फिर्ता पाएकोमा कर्मचारी खुशी भएको र पुस्तक फर्काउनेले आखिर किन फर्काइयो त भन्ने कारण उल्लेख नगरेको डब्ल्यूसीपीओ टेलिभिजनलाई बताएका छन् ।
















प्रतिक्रिया