Logo

राजनीति

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण



काठमाडौं । नेपाली कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजकसमेत रहेका उनमा मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उनी परीक्षणका लागि हेम्स अस्पतालमा पुगेका थिए । उनी अहिले निवासमै आइसोलेशनमा रहेका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११:२४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।