Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थपिए ४८७ जना कोरोना संक्रमित, एक जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जना गरी जम्म ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्‍यु भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १७:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।