Logo

राजनीति

नागरिकता विधेयक ल्याउँदा ओलीसँग समेत छलफल गरिएको हो : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संघीय संसद्बाट पारित भएको नागरिकता विधेयक फिर्ता गरेकोमा राष्ट्रपतिसँग असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगसमेत विधेयक ल्याउने बेला छलफल गरेको उल्लेख गर्दै उनले विधेयक फिर्ता भएकोमा असन्तुष्ट व्‍यक्त गरेका हुन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाणले कानुनमन्त्री र आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेर ‘तपाईंले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउँछौ भनेको र सोही अनुसार विधेयक ल्याएको उल्लेख गरे । ‘उहाँले एमालेका केही व्यक्तिलाई कुरा गर्नुस् भन्नु भएको हो । हामीले प्रतिपक्ष भूमिका निर्वाह गर्छौ। तर पारित गराउन सहयोग गर्दैनौ भन्नु भएको थियो’, उनलेभ भने ।

एमाले अध्यक्ष ओलीसँगको कुराकानी अनुसार नै अध्यादेशको आधारमा विधेयक आएको र संघीय संसदबाट पारित भएको उल्लेख गर्दै प्रश्न गरे, ‘१४÷१५ दिन राष्ट्रपतिले रोकिदिनु भयो किन ?’ १४÷१५ दिन रोकेर सन्देशसहित फिर्ता पठाएको तर, राष्ट्रपतिले सन्देशमा विधेयक संशोधन गर्ने विषय मात्रै नभएर संविधान नै संशोधन गर्ने विषय समावेश भएको उनले बताए ।

पारित विधेयकमा यो कुरा मिलेन भनि राष्ट्रपतिको कहीं उल्लेख नभएको बताए । ‘तर, संविधान संशोधनसँग जोडिने प्रश्न छन्,’ उनले थपे, ‘संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्यान्डले नागरिकताविहीनको उत्पीडन भएन ?’ संविधान संशोधनतिर जाने हो भने अनगरिकले नागरिकता प्राप्त गर्न झनै समय लाग्न सक्ने उनको भनाइ छ ।

आफूहरुले ल्याएको विधेयकमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान नथपिएको उनले दोहोर्‍याए । साथै बाबुको स्वघोषणा आफूहरुले नभइ पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शब्द भएको उनले दाबी गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १८:५२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।