Logo

राजनीति

धरानका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी हुँदै प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएपछि अध्यक्ष प्रचण्ड साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुन लागेका हुन् ।

सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने धरानका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । यसअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा भोजपुरका संघीय सांसद सुदन किराँती पनि मेयर साम्पाङको वृक्षरोपन अभियानमा परेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ११:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।