Logo

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु, यी हुन् एजेन्डामा हुँदैछ छलफल



काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज (शुक्रबार)बाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । मंसिरमा हुने निर्वाचन केन्द्रित बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । ओलीको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्दै सोही अनुसार एमाले निर्वाचनमा होमिनेछ ।

त्यसैगरी उम्मेदवारको छनोटको मापदण्ड र स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न बनेको कमिटीले प्रतिवेदनमा छलफल हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा हुने निर्वाचन देश र जनताको पक्षमा परिणाम आउनेगरी हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १३:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।