Logo

राजनीति

मेयर बालेनको एक्सन : राहदानी विभागको अण्डरग्राउण्ड खाली गराइयो



काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङका लागि खाली गराएको छ । केही दिनयता महानगर प्रमुख बालेन साह आफै फिल्डमा उत्रिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउनका साथै नक्सा पास नभइ बनेका संरचनामा डोजर लगाउँदै आएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएका उनी टोलीसँगै शुक्रबार राहदानी विभाग पुगेका हुन् । त्यसक्रममा अन्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरेपछि मेयर बालेन आफै डोजर लिएर त्यहाँ पुगेका हुन् । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले सो स्थान खाली गराएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १४:३६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।