Logo

समाचार

पछिल्लो २४ घण्टामा ३२४ कोरोना संक्रमित थपिए, एक जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जना गरी ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १६:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।