काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को एक्सन निरन्तर जारी छ । डोजर लगाएर अनधिकृत संरचना भत्काउने अभियानलाई उनले आज (शनिबार) पनि जारी राखेका छन् । महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरुमा डोजर लगाउने क्रम केही दिनयता सुरु गरेको हो, जुन क्रम शनिबार बनस्थलीस्थित ढुङ्गेधारामाा जारी छ ।
बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको महानगरपालिकाले जनाएको छ । अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।
महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन संरचना हटाउनु भनी सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाको अवज्ञा गरेपछि महानगर डोजर लिएर भत्काउन निस्केको हो । महानगरले बिहीबार बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाडौं मल अगाडिको संरचना हटाएको थियो । शुक्रबार राहदानी विभागको बेसमेन्ट खाली गराएको थियो ।




















प्रतिक्रिया