Logo

कर्पोरेट फोकस

विदेशी पर्यटनलाई मंसिरदेखि नेपाल आगमन खुल्ला, क्वारेन्टाइन बस्नुनपर्ने



विदेशी पर्यटकहरु मंसिरदेखि नेपाल भित्रन पाउने भएका छन् । सरकारले नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन गर्दै मंसिरबाट पर्यटकलाई नेपाल आउन खुला  गरेको हो ।

यसअघि सरकारले एक साता क्वारेन्टिनमा राख्ने निर्णय सहित कात्तिकमै पर्यटकलाई नेपाल आवागमन खुला गर्ने तयारी गरेको थियो। तर क्वारेन्टिनमा राख्ने निर्णयप्रति व्यवसायीले आपत्ति जनाएपछि मापदण्ड परिवर्तन गरेर मंसिरदेखि खोल्ने तयारी भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार क्वारेन्टिन र भिसा प्रक्रिया पुनरावलोकन गर्न सीसीएमसीमा प्रस्ताव पठाइएको छ।

सात दिन क्वारेन्टिनमा बस्ने निर्णय अव्यवहारिक रहेको र घुम्न आउने पर्यटक होटलको कोठामा बस्नका लागि मात्रै नआउने भएका काराण्  पिसीआर परीक्षणका आधारमा आउन दिने प्रावधान ल्याउन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले सरकारसँग माग गरेको थियो । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले पिसीआर परीक्षणका आधारमा विदेशी पर्यटकलाई नेपाल आउन दिने र क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान ल्याउन लागिएको जानकारी दिए।

 

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ११ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।