काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पीडित बनेको बताए ।
आफूहरुसँग बीसौं बर्षको अनुभव भएको भन्दै उनले विकासको मोडालिटीबारे सिक्न चाहे सिकाइदिने बताए । ‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला’, उनले भने, ‘हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’




















प्रतिक्रिया